सोमवार, चैत्र ३०, २०७७
अपाङ्गता समाचार

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाई ह्विलचियर हस्तान्तरण

१९ असार २०७७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले २ थान ह्विलचियर हस्तान्तरण गर्नु भएको छ । बिहिवार संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्कीलाई थपलियाले गोकर्ण स्थित संस्थामा पुगेर ह्विलचियर हस्तान्तरण गर्नु भएको हो ।

संस्थालाई सहयोग गर्न जाने क्रममा संस्थालाई ह्विलचियरको आवश्यकता रहेको देखेकोले आफूले ह्विलचियर हस्तान्तरण गरेको थपलियाले बताउनु भयो । संस्थालाई ह्विलचियर हस्तान्तरण गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु हुँदै अध्यक्ष तिल बहादुर कार्कीले संस्थाको आफ्नै भवन निर्माणमा एकजुट भएर सहयोग गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।

संस्थापक अध्यक्ष तिल बहादुर कार्की रहनु भएको गोकर्ण स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ४८ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू