बुधबार, असार २, २०७८
विश्व समाचार

सेनाको हौसला बढाउँदै मोदीले भनें विस्तारवादको युग सकियो

नयाँदिल्ली, २० असार । भारतीय सुरक्षाकर्मीहरूको हौसला बढाउन लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विस्तारवादको युग’ समाप्त भएको बताएका छन् । चीन र भारतबीच पछिल्लो तनावको मुद्दा बनेको हिमाली क्षेत्र लद्दाखमा आकस्मिक भ्रमणमा शुक्रबार पुगेका मोदीले गत महिना चिनियाँ सैनिकहरुसँगको भीडन्तमा मारिएका सैकिहरुलाई श्रद्धाञ्जली दिँदै सो कुरा बताएका हुन् ।

जुलाई १५ मा २० जना भारतीय सैनिकको मृत्यु तथा ७६ जना घाइते भएका घटनालाई लिएर चीन र भारतबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ ।सो झडपमा २० जना भारतीय सैनिकहरु मारिएपछि भारतीय प्रम मोदीमाथि चीनलाई ‘जवाफ फकाउनुपर्ने’ चर्को दवाब छ । सोही दवाबका बीच उनी हिमाली क्षेत्र लद्दाखको भ्रमणमा पुगेका छन् र लद्दाखको निमु क्षेत्रस्थित बेस क्याम्पमा सैनिकहरुसँग भेटघाट गरेर ‘हौसला’ बढाएका छन् ।

मोदीको भ्रमणको क्रममा भारतीय प्रम मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभाने समेत सँगै रहेका थिए ।

मोदीको भनाइको चीनले भने खण्डन गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोंगले चीनलाई विस्तारवादी भन्नु आधारहीन भएको बताएका छन् । ‘चीनलाई विस्तारवादी देख्नु निराधार हो, साथै यसले छिमेकीहरूसँगको विवाद र असमझदारीलाई अतिरन्जित र तोडमोड गर्ने प्रयास हो,’ रोंगले आफ्नो ट्वीटरमा लेखेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू