शनिबार, बैशाख ४, २०७८
संघीय खबर समाचार

बझाङमा पहिरोबाट ठूलो क्षति, ६ जनाको मृत्यु

२० असार, काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा एकै परिवारका ४ सहित ६ जना रहेका छन् । एक जना अझै बेपत्ता भएको प्राप्त समाचारमा जनाईएको छ ।

प्राप्त जानकारी अनुसार पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग, १४ र १६ वर्षका छोरीहरु शान्ति र अस्मिताको मृत्यु भएको छ । त्यसैगरी उनकै घरमा सुतिरहेकी राममतीकी भदैनी नाता पर्ने १३ वर्षकी सन्तु जेठाराको पनि शव भेटिएको छ । ८० वर्षीय दले जेठाराको पनि पहिरोमा परेर ज्यान गएको छ । २२ वर्षीय गिरिजा जेठारा अझै बेपत्ता छन् ।

१८ घर पहिरोले बगाएको छ भने २ घरमा क्षति पुगेको छ । अरू ४५ घर जोखिममा छन् । पहिरोले गाउँका करिब ४ सय जना विस्थापित भएका छन् ।

स्थानीयका हनुसार गाउँभन्दा तल रहेको गण्डकी बजारका १६ पसल पनि पहिरोले बगाएको छ । पहिरोसँगै जुलिगाड खोलामा आएको बाढीले १२ वटा घट्ट, एउटा कुखुरा फार्म र केही गोठ पनि बगाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू