शनिबार, जेष्ठ २९, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

शीतल निवासबाट फर्के पछि प्रधानमन्त्रीले भने- राष्ट्रपति र मेराविरुद्ध षड्यन्त्र भयो

२० असार, काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद यति बेला उत्कर्षमा पुगेको छ। नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन स्थायी समितिमा चर्को दबाब दिए पनि प्रधानमन्त्री ओलीले दुबै पदबाट आफू नहट्ने बताईरहेका छन् । स्थायि समितिको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने भन्दै नेताहरु लागे पछि प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरी एकातिर संसदमा प्रस्तुत हुन सक्ने सरकार विरुद्धको अविश्वास प्रस्ताव आउनबाट रोक्ने प्रयासका रुपमा अर्थ्याईदै छ । अर्कोतर्फ संसद अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्री ओलीले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्न लागि परेको आरोप अर्को समुहले अनुमान गरेको छ ।

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँगको भेटघाट बढाएका छन् । आजै बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर  प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग छलफल गर्न शितल निवास पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्के पछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीसँग परामर्श गरेका छन् । परामर्शका क्रममा प्रधानमन्त्रीले आफ्नो पोजिसन छिट्टै क्लियर गर्दै आवश्यक परेमा पोजिसन छिट्टै क्लियर गर्न तयार हुनु भनेका बताईएको छ ।

आफू र राष्ट्रपति विरुद्ध ठूलो षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको भन्दै तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आफ्नो पोजिसन छिट्टै क्लियर गर्न आवश्यक हुन सक्ने जानकारी दिएको बताएका थिए ।

विकसित राजनीतिक घटनाक्रमले नेकपा फूट्ने लगभग निश्चित भईसकेको छ । तर उता प्रचण्ड-माधव नेपाल समुहले पार्टी फूट्न नदिई लक्ष्य हासिल गर्ने गरी अगाडी बढ्ने निर्णय गरेको समाचार पनि बाहिर आएको छ ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू