बुधबार, असार २, २०७८
प्रमुख समाचार समाचार स्वास्थ्य

३ हप्तामा ९ हजार थपिए कोरोना संक्रमित, अहिलेसम्म ३४ जनाको मृत्यु

२१ असार, काठमाडौं । असार १ गते यता २० दिनमा देशभर ९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । हिजो शनिबार सम्ममा नेपालमा कोरोना संक्रमित १५ हजार ४ सय ९१ पुगेका छन् ।२० दिनमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् ।

शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो ।अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एकरएक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

विश्वभरी कोराना संक्रमित १ करोड ११ लाख नाघिसकेका छन् । विश्वभर ६० लाख भन्दा धेरै निको भईसकेका छन् भनें ५ लाख २८ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । नेपालमा १५ हजार ४ सय ९१ संक्रमित मध्ये ६ हजार ४ सय १५ निको भएका छन् भनें ३४ जनाको मृत्यु भईसकेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू