शनिबार, जेष्ठ २९, २०७८
प्रमुख समाचार राजनीति

सानेपा बैठकमा देउवाको गुनासो- ‘ओलीले ठगे’

सिधै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि अधिवेशन बोलाउँदा भावी प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्ने हुन्छ । त्यसो गर्न सम्भव नभएको अवस्थामा कांग्रेसले एमसीसीबारे छलफल गर्नका लागि अधिवेशनको माग गर्ने र त्यहीँ प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव दर्ता हुने हो कि भन्ने डर ओलीपक्षमा रहेको कांग्रेसका एक नेताले बताए ।  

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीले ठगेको गुनासो गरेका छन् । असार १७ गते प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्नुपर्ने छ भन्दै आफूलाई बालुवाटार बोलाए पनि सभामुखसँग समेत सल्लाह नगरी असार १८ गते संसद बैठक स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका भन्दै सभापति देउवा ओलीसँग आक्रोशित भएका हुन् ।
आगामी महाधिवेशनका लागि छलफल गर्न सानेपामा जारी नेपाली कांग्रेसको बैठकमा सभापति देउवाले भने, ‘हाउस स्थगन गर्नेबारे ओलीले मसँग छलफलै गरेका थिएनन् । उनले त एमसीसी पास गर्न कार्यव्यवस्था समितिको बैठक राख्न प्रस्ताव गरेका थिए ।’

सभापति देउवाले आफूहरु नेकपाको झगडामा कुनै पक्षमा नलाग्ने सानेपा बैठकमा बताएका छन् ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस जनताको म्याण्डेटअनुसार पाँच वर्षसम्म प्रतिपक्षमै बस्ने बताएका छन् ।

ओलीलाई विशेष अभिवेशनको डर 

असार १८ गते संसद् बैठक स्थगन गर्न सिफरिस गरेका प्रधानमन्त्री आफ्नो दलभित्र वरिष्ठ नेताहरुबाट राजीनामा माग गर्दै चर्को दवावमा परेका छन् । अब नेपाली कांग्रसले पनि संसदको विशेष अधिवेशन माग गरेमा प्रधानमन्त्री झनै अफ्टेरोमा पर्ने निश्चित छ । दलभित्र चर्को आलोचनाको शिकार भईरहेका प्रधानमन्त्री विरुद्ध नेपाली कांग्रेसले विशेष अधिवेशन माग गरे सो अधिवेशनमा असन्तुष्ठ साँसदहरुले अविश्वासको प्रश्ताव ल्याएमा प्रधानमन्त्री ओली प्रधानमन्त्रीबाट हट्नु पर्ने हुन सक्ने भएकोले ओली खेमाका नेताहरु डर्राईरहेका छन् । नेपाली कांग्रेसलाई आफ्नो पक्षमा पार्न एमसीसी पारित गर्ने नाममा नेपाली कांग्रेसका नेताहरुसँग ओली पक्षीय नेताहरुले बाक्लो भेटघाट गरिहेका छन् ।

सिधै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि अधिवेशन बोलाउँदा भावी प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्ने हुन्छ । त्यसो गर्न सम्भव नभएको अवस्थामा कांग्रेसले एमसीसीबारे छलफल गर्नका लागि अधिवेशनको माग गर्ने र त्यहीँ प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव दर्ता हुने हो कि भन्ने डर ओलीपक्षमा रहेको कांग्रेसका एक नेताले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू