बुधबार, असार २, २०७८
कुटनीति प्रमुख समाचार

चिनियाँ राजदूत विवादित बन्दै

यसअघि दलविभाजन अध्यादेश ल्याएको समयमा प्रधानमन्त्री नेकपा भित्र कडा आलोचित हुँदा पनि नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत होउको राजनीतिक भेटवार्ता बाक्लिएको थियो । त्यसबेला पनि चिनिया राजदूतको सक्रियतालाई लिएर आलोचना भए पनि यस पटक भनें नेताहरुले खुलेरै उनको विरोध गरेका छन् । 

२३ असार, काठमाडौं  ।  नेकपाभित्र चर्किएको आन्तरिक कलहबीच नेपालस्थित चिनियाँ राजदूत होउले बढाएको सक्रियताले उनी विवादित बन्दै गईरहेकी छन् । राजदूत होउले बढाएको सक्रियताप्रति सत्तारुढ तथा विपक्षी दलका नेताहरुले ट्‍वीट गर्दै नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप मान्य नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्‍त्र पार्टीका अध्यक्ष कमल थापाले पनि विदेशी हस्तक्षेपको विरोध गर्दै ट्‌वीट गरेका छन्। उनले भनेका छन्, ‘एकातिर प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदुत सक्रिय भए ।अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छरुराष्ट्रियता जोगाउन सक्छरुस्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको गतिशील आन्तरिक राजनीतिक र घटनाक्रममा वैदेशिक शक्तिद्वारा गरिएको हरेक षड्यन्त्रको हामी खण्डन गर्दछौं भन्दै नेपालको आन्तरिक मामिलामा हुने बाह्य शक्तिद्वारा षड्यन्त्र भइरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन्  । उनले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति मान्य नहुने बताएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच आइतबार भेटवार्ता भएको थियो । पछिल्लो समय चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ नेपालको निवास कोटेश्वर पुगेको थिइन् । नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले यो भेट सामान्य भएको बताउँदै  नेपालको आन्तरिक मामिलामा उत्तर दक्षिण वा अरु जतातिरबाट हस्तक्षेप भए पनि त्यो मान्य नहुनेमा जोड दिए ।

नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्‍ने प्र।म।ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरुको घरदैलोमा पुगेको खवर आएको भन्दै भनेका छन् – जब नेपालको सरकार ढलाउने र बचाउने काम नै विदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दै छ ? कुर्ची ढलाउन र बचाउन राष्ट्रीयता नै तिलान्जली ?

यसअघि दलविभाजन अध्यादेश ल्याएको समयमा प्रधानमन्त्री नेकपा भित्र कडा आलोचित हुँदा पनि नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत होउको राजनीतिक भेटवार्ता बाक्लिएको थियो । त्यसबेला पनि चिनिया राजदूतको सक्रियतालाई लिएर आलोचना भए पनि यस पटक भनें नेताहरुले खुलेरै उनको विरोध गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू