शनिबार, बैशाख ४, २०७८
विश्व समाचार

चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर शू झान ग्रुन हिरासतमा

प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

२३ असार, काठमाडौं । कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको कडा आलोचना गरेका प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका छन् ।

राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान आएका १८-२० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गएका थिए ।

यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेको भन्दै उनलाई घरमै नजरबन्द गरिएको थियो । अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा पूरै तयार थिए । उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’

प्रोफेसर शू झान ग्रुनले निडर बनेर सरकारका काम कारवाहीको बारेमा आवाज उठाउने गरेका थिए । प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू