मङ्लबार, जेष्ठ ४, २०७८
कुटनीति प्रमुख समाचार समाचार

चिनियाँ दूतावास अगाडि युवाहरुको प्रदर्शन

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाएपछि युवाहरुले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

हिजो मंगलबार युवाहरुले  ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाए पछि नेकपा कै नेताहरुबाट विरोधका स्वरहरु बाहिर आएका थिए । प्रदर्शनमा सहभागीहरुले राजदूत यान्छीको तस्वीर र ‘गो ब्याक चाइना’ भन्ने प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागी केही नेपाल विद्यार्थी संघका पूर्व नेतासमेत रहेका प्राप्त समाचारमा जनाईएको छ । करिब एक दर्जनको हाराहारीमा रहेका युवाहरुले चिनिया दूतावास अगाडी प्रदर्शन गरेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू