सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति

कांग्रेस-जसपाले विशेष अधिवेशन माग गर्ने

बैठकमा जनता समाजवादीको जोड संसद् अधिवेशन बोलाउनुपर्नेतिर थियो । उसको प्रस्तावमा कांग्रेस पनि नकारात्मक थिएन । असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको देउवाको गोप्य भेटघाटका क्रममा एमसीसीको विषय पनि थियो ।

२४ असार, काठमाडौं । विपक्षी दल कांग्रेस र जनता समाजवादीले संसद्को विशेष अधिवेशन माग गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता गरेकोमा र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै संसद्को विशेष अधिवेशन माग गरेर सरकारलाई दबाब दिन छलफल गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी कार्य गरी नागरिकलाई बचाउन थप गम्भीर बन्नुपर्नेमा प्रधानमन्त्री र सत्तारूढ दलका शीर्ष नेताहरु नै सत्ता संघर्षको आपसी किचलोमा लागेेकाले जनताको आवाज उठाउने थलो संसद संसद् हठात् अन्त्य गरिएकोले विकल्पबारे नेताहरूले बहस गरी संसद्को विशेष अधिवेशन माग गर्ने छलफल गरेका हुन् ।

बैठकमा जनता समाजवादीको जोड संसद् अधिवेशन बोलाउनुपर्नेतिर थियो । उसको प्रस्तावमा कांग्रेस पनि नकारात्मक थिएन । असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको देउवाको गोप्य भेटघाटका क्रममा एमसीसीको विषय पनि थियो । यसै अधिवेशनबाट एमसीसी पारित गराउने आश्वासन ओलीबाट देउवाले पाएका थिए । जुन कुरा उनले सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा उठाउँदै ओलीबाट आफू ‘ठगिएको’ प्रतिक्रिया दिएका थिए । जनता समाजवादीका नेताहरुसँग भएको छलफलमा पनि देउवाले एमसीसीको विषयलाई उठाउने गरी संसद् अधिवेशन बोलाउँदा के हुन्छ भन्ने चासो व्यक्त गरेका थिए । जनता समाजवादीका लागि एमसीसीभन्दा नागरिकता बढ्दा प्राथमिकता थियो । नागरिकताको विषयमा कांग्रेसको धारणा पनि समान छ । तर, सभापति देउवाको चासो एमसीसीतिरै बढी केन्द्रित थियो । देउवाको चासोमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी, नागरिकतालगायत विधेयकमा छलफल गर्न सकिन्छ भन्ने भनाइ राखेका थिए ।

‘तर, संसद् अधिवेशन बोलाउनेरनबोलाउने अहिले कुनै टुंगोमा पुगेन,’ कांग्रेसका एक नेताले भने, ँसरकारको अर्कमण्यता र संसद्मा बेवारिसे भनेका एजेन्डामा लामो छलफल भयो । समान धारणा पनि बने । तर, निर्णयमा हामी पुग्न सकेका छैनौं, फेरि बस्ने भनेर उठेका छौं ।’

सभामुख र संसद्मा रहेका राजनीतिक दलहरुको परामर्शविपरीत प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराई हठात् संसद् अधिवेशन अन्त्य गर्ने कदम उठाएकोमा कांग्रेस जनता समाजवादीजतिकै आक्रोशित छ । खास गरी, पार्टी सभापति देउवा एमसीसीलाई संसद्मा प्रवेश नै नगराई अधिवेशन अन्त्य गराएकोमा बढी क्रूद्ध छन् । कांग्रेसले औपचारिक निर्णयमार्फत नै सरकारको उक्त कदमको भत्र्सना गरेको छ । तर, त्यसको आक्रोशमा संसद् अधिवेशन बोलाउने कदम उठाउँदा सत्तारूढ नेकपाभित्र चर्किरहेको द्वन्द्वमा हस्तक्षेप गरेको सन्देश जाने भएकाले कांग्रेस नेताहरु हतारमा निर्णय लिइहाल्ने पक्षमा छैनन् । संसद अधिवेशन बोलाउँदा राजनीतिक रूपमा त्यसले पार्न सक्ने विभिन्न आयमका बारेमा समेत छलफल भएको थियो । (साभार: इकान्तिपुरबाट)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू