बुधबार, असार २, २०७८
परोपकार र मानवता समाचार

समाजसेवामा समर्पित रोटरी क्लब अफ बौद्ध

२५ असार, काठमाडौं । समाजसेवा तथा मानवसेवा गर्ने मुख्य उदेश्यका साथ एक वर्ष अघि स्थापना भएको रोटरी क्लब अफ बौद्धले स्थापनाको छोटो समयमा धेरै सामाजिक कार्यहरु गरिसकेको छ । रोटरी क्लब अफ बौद्ध आईटी इन्जिनियर छोङ्बा शेर्पाको अध्यक्षतामा ४६ जना व्यक्तित्वहरु मिलेर २९ जुन २०१९ मा स्थापना भएको हो । यस क्लबले बौद्ध महाचैत्य परिसरमा २ पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ भनें जोरपाटि नयाँबस्ति स्थित जम्बुडाँडामा वृक्षारोपण गरेको छ ।

यस क्लबले लकडाउनको कठिन समयमा बौद्ध महाचैत्य परिसरमा परेवालाई चारा खुवाउने कार्य पनि गरेको थियो । लकडाउनको कठिन समयमा दुःख पाएकी संखुवासभा घर भई काठमाडौं टुसाल बस्ने सुत्केरी महिलालाई रु १० हजार नगद सहित, खाद्यान्न सहयोग गर्नुका साथै नवजात शिशु सहित भुईमा सुत्नु पर्ने बाध्यता बुझेर क्लबले सुत्ने पलंगको व्यवस्था पनि गरिदिएको छ । लकडाउनमा कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई पनि खाद्यान्न सहयोग गरेको छ ।

यस क्लबले ओखलढुंगाका १५ जना गरिव जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति दिएर अध्ययनमा सहयोग गरिरहेको छ । काठमाडौंमा १०+२ मा अध्ययनरत ३ जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गरेको छ ।

रोटरी क्लब अफ बौद्धका वर्तमान अध्यक्ष डेण्डी शेर्पा हुनुहुन्छ । क्लबमा समाजसेवी आङ काण्डु शेर्पा (चेयर, टी.आर.एफ., सन् २०२०-२०२१), लामा गुरु छोग्येन गवाङ, आङ कुशाङ शेर्पा, गेल्जे शेर्पा, थिले लामा शेर्पा, नविन कुमार कार्की, नवाङ थिले शेर्पा लगायत समाजसेवी व्यक्तित्वहरु संगठित हुनुभई समाजसेवाका कार्यहरु गरिरहनु भएको छ ।

रोटरी क्लब अफ बौद्धले स्थापनाको एक वर्ष सफलताका साथ पुरा गर्नुका साथै धेरै समाजसेवा तथा मानवसेवाका कार्यहरु गरिसकेको छ । आगामि दिनमा पनि यस्ता कार्यहरुलाई अझै प्रभावकारी बनाउने दृढ र कृत संकल्पका नयाँ अध्यक्ष (सन् २०२०-२०२१) डेण्डी शेर्पाको नेतृत्वमा रोटरी क्लब अफ बौद्ध अगाडी बढिरहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू