सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राष्ट्रिय

सिन्धुपाल्चोकमा बाढी : १९ जना सम्पर्क बाहिर, २ जनाको शव भेटियो

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले घर बगाउदा १९ भन्दा बढी सम्पर्क बाहिर छन् भनें २ जनाको शव भेटिएको छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले १४ घर बगाउँदा सो मानवीय क्षति भएको हो ।

बाढीले बाह्रबिसेको गाती बजार बगाएको छ। बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको छ । इलाका प्रहरी कार्यालय, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेका छन् ।  बाह्रबिसे नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राती ११:३० बजेबाट बाढी आउदाँ उक्त क्षति भएको हो ।

बाढीले बगाएका निकेश बस्नेत र उनको तीन बर्षीया छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भईरहेको छ ।
प्रहरीका अनुसार रातभर परेको बर्षाले तातोपानी स्थित चाकु बजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्बिसे नगरको जलेटार आर्मी ब्यारेकमूनिको सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भखरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउदाँ सडक सम्बन्ध टुटेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू