मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार संघीय खबर

छोटो दूरीमा सार्वजनिक यातायात चल्ने, भाडा बढ्यो

२६ असार, काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमता भन्दा आधा मात्र यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ ।

संभावित कोरोनाको संक्रमणबाट जोगिनका लागी चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । सवारी साधन भित्र सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण (स्यानिटाइज) गर्नुपर्नेछ ।

ट्याक्सी पनि चलाउन पाइने निर्णय 

सरकारले ट्याक्सी पनि चलाउन दिने निर्णय गरेको छ । तर ट्याक्सीमा चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ ।

निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।

भाडा ५० प्रतिशत बढ्यो 

सामाजिक दुरी कायम गर्दै आधा यात्रु मात्र राख्न पाउने भएपछि सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय गरेको छ ।

सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने भएकोले हाल कायम भाडाको ५० प्रतिशत मात्र थपेर लिन पाउने सरकारले निर्णय गरेको छ ।  तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू