शनिबार, जेष्ठ २९, २०७८
प्रमुख समाचार समसामयिक

एमएसओको निर्णय अनुसार नेपालमा भारतीय च्यानल साङ्केतिक रूपमा बन्द

डिसहोम, मेगा म्याक्स, डीएसएन, मेरो टिभीलगायतले सामूहिक रूपमा आजतक, जी न्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । भारतीय च्यानलमा नेपालविरोधी 'कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रूपमा भारतीय च्यानल बन्द ।

२६, असार, काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेको भन्दै विरोध हुन थाले पछि एमएसओहरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

डिसहोम, मेगा म्याक्स, डीएसएन, मेरो टिभीलगायतले सामूहिक रूपमा आजतक, जी न्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ ।

प्रबन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपालविरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रूपमा भारतीय च्यानल बन्द गरिएको बताउनुभयो ।

‘पीत पत्रकारिताको नमुना’ : महासंघ 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार पीत पत्रकारिताको नमुना भएको महासंघले टिप्पणी गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू