आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार राजनीति

एकताका लागि दबाब दिन भन्दै नेकपामा हस्ताक्षर अभियान

२७ असार, काठमाडौं । नेकपाको शीर्ष नेतृत्व जनता र कार्यकर्ताको इच्छाविपरीत फूटको दिशामा गएको भन्दै सत्तारुढ नेकपाका सांसदहरूले हस्ताक्षर संकलन अभियान थालेका छन् । सांसदहरूले थालेको अभियानमा शुक्रबार साँझसम्म २८ जनाभन्दा बढी सांसदहरूले हस्ताक्षर गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टीको एकतालाई अक्षुण्ण राख्न र तार्किक निष्कर्षमा पुर्‍याउन संघीय संसदका सदस्यहरूको तर्फबाट जारी अपिलु मा संघीय संसद प्रतिनिधिसभाका सांसदहरूले मात्रै हस्ताक्षर गरिरहेका छन् । उक्त अपिलमा शीर्ष नेताहरूबीच जारी शक्ति संघर्षले पार्टी एकता विग्रहमा जाने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।

हस्ताक्षर संकलनमा लागेका सांसहदरूमा अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद छन् । कृष्णप्रसाद दाहाल, सुरेश राई, गणेश पहाडी, रामकुमारी झाँक्री, समिना हुसेन, लक्ष्मी चौधरी, इन्दु शर्मा, झपट रावल, मेटमणी चौधरी, यज्ञराज सुनुवारलगायतका सांसदले अपिलमा हस्ताक्षर गरेका छन् ।

सांसदहरूले एकताका लागि दबाब दिन भन्दै अभियान चलाएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष भने सशंकीत बनेको छ । हस्ताक्षर अभियान रोक्न र आफ्नो पक्षका सांसदहरूलाई त्यसमा सहभागी नहुनका लागि ओली पक्षले दबाब दिइरहेको सांसदहरूले बताएका छन् ।

अभियानमा ओली पक्षका भनेर चिनिएका कृष्णप्रसाद दाहाल, अध्यक्ष दाहाल पक्षका सुरेश राई र नेता नेपाल पक्षबाट सुनुवारले नेतृत्व गरिरहेको दबाब अभियानमा संलग्न सांसदहरूले बताएका छन् ।दाहाललाई ओली पक्षले अभियान स्थगित गर्न दबाब दिइएको अभियानमा सहभागी एक सांसदले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू