बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय विविध

२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

1207242750

२९ असार, काठमाडौं । कोभिड-१९ महामारीका कारण भारतबाहेक विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ ।

भारतबाट ५ लाख नेपालीहरु घर फर्किएको अनुमान 

रोजगारिको सिलसिलामा भारतमा रहेका लाखौं नेपालीहरु कोरोनाको कारण रोजगारी प्रभावित भई घर फर्किएका छन् । कोरोना कहर पछि विभिन्न नाकाबाट भारतबाट मात्रै ५ लाख नेपालीहरु घर फर्किएको अनुमान गरिएको छ । अझै पनि लाखौंको संख्यामा भारतबाट फर्कन चाहनेहरु सहज यातायातको सुविधाको प्रतिक्षामा रहेका छन् ।

काम नभए पछि खानाको समस्या, घर भाडा तिर्न समस्या तथा भारतमा वढ्दो कोरोनाको कारण रोजगारीका अवसरअरु पाउन धेरै गाहृो हुने भएकोले पनि धेरै नेपालीहरु नेपाल फर्कन चाहिरहेका प्रवासी नेपालीका संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालमा बताईरहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू