आइतवार, चैत्र २९, २०७७
विश्व

अमेरिकाको फ्लोरिडामा एकै दिन १५ हजार संक्रमित

२९ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडामा संक्रमण अति तीव्र गतिमा फैलिरहेको छ। अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास हुँदै गएका राज्य मध्ये एउटा फ्लोरिडामा संक्रमणको गति अति तीव्र छ।

फ्लोरिडामा पछिल्लो २४ घण्टामा १५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कुल जनसंख्याको सात प्रतिशत जनसंख्या रहेको फ्लोरिडाले यसअघि क्यालिफोर्नियाको रेकर्डलाई पार गरेको हो ।

अमेरिकाका ५० राज्य मध्ये एकै दिन यतिधेरैको संख्यामा एउटै राज्यमा एकै दिन संक्रमित थपिएको यो पहिलो पटक हो । गएको मे देखि लकडाउन खुकुलो बनाएको फ्लोरिडामा अहिले संक्रमण निकै खराब बनेको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू