बुधबार, असार २, २०७८
राजनीति समाचार

‘एमसीसीबारे जसपा आन्तरिक छलफलमा’

२९ असार, काठमाडौं । नेपालमा राजनीतिक रङ्ग दिएर विवादित बनाईएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अमेरिकी सहयोग परियोजनाबारे जनता समाजवादी पार्टी (जसपा) ले कुनै निर्णय नगरेको बताएको छ ।

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणकालागि पार्टीमा आन्तरिक छलफल भइरहेको बताएका हुन् । एमसीसीसम्बन्धमा पार्टीले निर्णय नगरेको र पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक नगरिएको जारी विज्ञप्तिमा बताईएको छ ।

जनता समाजवादी पार्टी नेपालले अमेरिकी सहयोग एमसीसीको बारेमा आफ्ना भातृसंगठन प्रवास विशेष प्रदेश समितिले निकालेको निष्कर्षप्रति आपत्ति जनाएको छ ।

आइतबार मात्र जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको छ । राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सहयोग लिन नहुने सुझाव समेत दिइएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू