मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

खनालको दावि : ओलीले नेकपाको जनमत घटाए

सरकारले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न नसकेको आरोप 

२९ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीको नेतृत्व गरिरहे पार्टीको जनमत घट्ने बताएका छन्।ओलीको कार्यशैली अनुसार नेकपा पार्टी नै कमजोर हुने भन्दै पार्टी सकिने दावि गरेका छन् । सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको भर्चुअल गोष्ठिमा विचार राख्दै नेता खनालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

“प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर पनि त्यो भइरहेको छैन । अनियमितता व्याप्त छ, खनालले भने । उनले नेकपाले प्राप्त गरेको बहुमत ओलीले खाइदिएको बताएका हुन्।

“नेकपाले प्राप्त गरेको दुई तिहाइ बहुमत ओलीले खाइदिनुभयो । अब त्यो प्राप्त गर्न सम्भव छैन। सरकार पुनःगठन गरेर जानुपर्छ । पार्टी पनि पुनःगठन गरेर जानुपर्छ,” उनले भने । ओलीको नेतृत्वमा पार्टी समाप्त हुने पनि खनालले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू