मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार समसामयिक

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा

३१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा माग गरेको छ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताउँदै अयोध्या बारे प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा माग गरेको हो ।

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न सक्दैन भन्दै कांग्रेसले पछिल्लो अभिव्यक्तिबारे सरकार र नेकपाको धारणा माग गरेको हो ।

प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘तर प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्य भएको छ ।’

प्रधानमन्त्री ओलीले श्रीराम भारतीय नभएको र अयोध्या पर्साको ठोरीमा पर्ने अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी आलोचना भईरहेको छ । पार्टीकै नेताहरुले पनि अयोध्याबारे प्रधानमन्त्रीले दिएका अभिव्यक्तिबारे असन्तुष्ठि व्यक्त गरिसकेका छन् भनें भारतमा नेपाल विरोधी भावना जनस्तरमै शुरु हुनसक्ने आशंका पनि बढ्न थालेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू