मङ्लबार, जेष्ठ ४, २०७८
कुटनीति प्रमुख समाचार

ओलीको अभिव्यक्तिबारे बोले करण सिंह- ‘विश्वभरका हिन्दु धर्मालम्बी मर्माहत’

३१ असार, काठमाडौं । भारतका पूर्व केन्द्रीय मन्त्री करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तीले विश्वभरका हिन्दु धर्मालम्बी मर्माहत बनेको बताएका छन् ।

रामको जन्म पूर्वी नेपालको एक गाउँमा भएको र भारतले क्रितिम अयोध्या तयार गरेको भन्दै ओलीले दिएको अभिव्यक्तीले आश्चर्यचकित बनाएको बताएका छन् ।

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तीले भारतका मात्र नभएर नेपालका अनि विश्वभरका करडौँ हिन्दु धर्मालम्बी मर्माहत भएको उनको भनाई छ ।

राम र अयोध्याबारे दिएको अभिव्यक्तीका कारण ओलीले दुई देशबीचको दुरी अझ बढाउन खोजेको सिंहको भनाई छ । उने दुवै देशका बौद्धिक बर्गले दुई देशबीचको वर्षौँदेखिको सुमधुर सम्बन्ध पुनर्वहाली गर्न काम गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जानकी मन्दिरमा छलफल हुने

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जानकी मन्दिरमा छलफल हुन लागेको छ । मन्दिरका महन्थ रामतपेस्वर दास वैष्णवले जनकपुरधामका नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतसंग विमर्श गर्न बैठक डाकेको बताए । आजको बैठकले ठोस निर्णय गरेर आन्दोलन सम्मको कार्यक्रम ल्याउन लागेको बताइएको छ ।

जनकपुरधाममा प्रदर्शन

भगवान रामको जन्म सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको विवादित अभिव्‍यक्तिपछि चौतर्फी आलोचना खेपिरहेका बेला जनकपुरधाममा उनीविरुद्ध प्रदर्शन भएको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रधानमन्त्री ओलीकोबिरुद्ध विभिन्न नारा लगाउँदै साधुसन्तसहित सर्वसाधारणले प्रदर्शन गरेका हुन ।

भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत नभइ नेपालकै पर्साको ठोरीमा रहेको भन्‍दै भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू