आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार स्थानीय समाचार

एक महिनामा मुलुकभर पहिरोबाट ९७ को मृत्यु

१ साउन, काठमाडौं। मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका छन् ।

अतिवृष्टि, खण्डवृष्टिका कारण एकै ठाउँमा धेरै पानी पर्ने, पानीको निकास व्यवस्थापन नहुने र ठाउँठाउँमा जथाभावी खनेर सडक बनाउने गर्दा पहिरो खसेको हो । मुख्यतः पहिरोले पर्वत, बझाङ, सिन्धुपाल्चोक, पाल्पा, गुल्मी, जाजरकोट, तनहुँलगायत जिल्लामा बढी क्षति पुर्‍याएको छ ।मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोक लगायत केही जिल्लामा भने धेरै मानिस हराइरहेका छन् । अझै पनि खोजी कार्य जारी राखिएको छ । बाढी र डुबानका घटना भएपछि त्यसले ठूलो मानवीय क्षति भने गरेको छैन । एक महिनामा चट्याङका कारण १७ जनाले ज्यान गुमाएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू