बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

पर्साको अयोध्यापुरीमा उत्खनका लागि पुरातत्व विभागको चासो

१ साउन, काठमाडौं । पुरातत्व विभागले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले नेपालको पर्सा जिल्लामा स्थित अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले उत्खनन गर्न चासो देखाएको हो । अब पर्साको ‘अयोध्यापुरी’ मा अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागले तयारी गरिरहेको छ ।

विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ । हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ ।

हाल पर्साको अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । भगवान राम र रामायणका पात्रहरुसँग मिल्ने विभिन्न मन्दिरहरु रहेका छन् । त्यहाँ रहेको एउटा गुफासहितका मन्दिरहरु विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान नभएकोले पुरातत्व विभागले उत्खनमा चासो राख्दै  तयारी शुरु गरेको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू