मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

नेकपाको विवाद उत्कर्षमा, प्रधानमन्त्री छाड्न ओलीलाई दवाव

२ साउन, काठमाडौं । नेकपा पार्टीको आन्तरिक समस्याको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ । विहीबार बेलुका प्रचण्ड निवास खुमलटारमा बसेको प्रचण्ड नेपाल समुहको बैठकले सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य सम्मिलित खुमलटार बैठकले भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको छ ।

योसँगै नेकपा पार्टीको आन्तरिक समस्याको सुल्झाउन गत असार १० गतेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै आएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक नयाँ मोडमा प्रवेश गरेको छ ।


दलविभाजन अध्यादेश ल्याएर पार्टीभित्र कडा विरोधको सामना गरेका ओली अयोध्या बारे दिएको अभिव्यक्ति पटि पार्टीभित्र र बाहिर कडा आलोचनाको घेरामा परेका छन् । तर, विरोधीको कुरै नसुन्ने प्रधानमन्त्रीको हठले गम्भिर राजनीतिक दुर्घटनाको आशंका गरिए पनि त्यो स्वयं प्रधानमन्त्रीको लागि समेत आत्मघाती हुने भएकोले प्रधानमन्त्रीले स्वास्थ्य संकटकाल लगाउने वा पार्टी फूटाउने जस्ता विकल्पमा नजाने केही विश्लेषणहरुले दावि गर्दै आएका छन् ।


विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा दुई समूहका बेग्लाबेग्लै बैठकहरु भए । सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य सम्मिलित खुमलटार बैठकले भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको छ । बालुवाटार बैठकले के निर्णय गरेको छ भन्ने बाहिर आईसकेको छैन ।

असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न विहीबार दिउँसो कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए ।

बालुवाटारको छलफलमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तपाईकै कारण सरकार र पार्टी दुबै बदनाम भयो भन्दै नेताद्वयले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने अडान राखेका थिए ।

प्रधानमन्त्री आफ्नै अडानमा कायम रहेपछि केन्द्रीय कमिटीको बैठकमा जाने सहमति भएको नेताहरु बताउँछन् । त्यसलगत्तै माधव नेपाल र प्रचण्ड समूहका नेताहरु बेलुका खुमलटारमा भेला भए । दुबै पक्ष केन्द्रीय कमिटीको बैठकमा कसरी प्रस्तुत हुने बारे गहन होमवर्कमा लागेका देखिन्छ ।

दलविभाजन अध्यादेश ल्याएर पार्टीभित्र कडा विरोधको सामना गरेका ओली अयोध्या बारे दिएको अभिव्यक्ति पटि पार्टीभित्र र बाहिर कडा आलोचनाको घेरामा परेका छन् । तर, विरोधीको कुरै नसुन्ने प्रधानमन्त्रीको हठले गम्भिर राजनीतिक दुर्घटनाको आशंका गरिए पनि त्यो स्वयं प्रधानमन्त्रीको लागि समेत आत्मघाती हुने भएकोले प्रधानमन्त्रीले स्वास्थ्य संकटकाल लगाउने वा पार्टी फूटाउने जस्ता विकल्पमा नजाने केही विश्लेषणहरुले दावि गर्दै आएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू