मङ्लबार, जेष्ठ ४, २०७८
अर्थ र विकास प्रमुख समाचार

निजी क्षेत्रबाट मौद्रिक नीतिको स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड (पूर्ण पाठ सहित)

२ साउन, काठमाडौं । निजी क्षेत्रले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीती समग्रमा स्वागतयोग्य भएको प्रतिक्रिया दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीलाई राहत दिने गरी नीति सार्वजनिक गरेकोमा स्वागत गर्दै प्रभावकारी रुपमा कार्यान्वनयन गर्नुपर्नेमा जोड दिएका छन् ।


कोरोनाबाट अति प्रभावित पेशा र व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा ल्याउने उल्लेख ।

कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैङ्कका रुपमा अगाडि बढाउने लक्ष्य ।

 कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने । 

कोरोनाबाट अतिप्रभावित क्षेत्रले असार २०७७ सम्म बुझाउनु पर्ने कर्जाको अवधि २०७८ असार मसान्त पुर्‍याइएको छ ।

चालु पूँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था । 


आज जारी गरिएको मौद्रिक नीतिमा कोरोनाबाट अति प्रभावित पेशा र व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ। मौद्रिक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको हो । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । कोषको रकम बैक तथा  वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जाका रुपमा उपलब्ध हुनेछ ।

पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने भएको छ । ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैङ्कका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

कोरोनाबाट अतिप्रभावित उद्योग-व्यवसाय सूचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजनारव्यवसायको सम्भाब्यताका आधारमा २०७६ चैतमा कायम भएको चालु पूजि कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था समेत मौदि्रक नीतिले गरेको छ । कोरोना (कोभिड-१९) संकटबाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटेल, रेष्टुरेन्टलगायत पर्यटन क्षेत्रका उद्यम-व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहलाई प्राथमिकता दिइने गभर्नर महाप्रसाद अधिकारीले बताए ।

कोरोनाबाट अतिप्रभावित क्षेत्रले असार २०७७ सम्म बुझाउनु पर्ने कर्जाको अवधि २०७८ असार मसान्त पुर्‍याइएको छ । कोरोनापछि तत्काल पुनस्थापना हुन नसक्ने पर्यटनलगायतका क्षेत्रलाई अति प्रभावित मानेर यस्तो क्षेत्रमा रहेको कर्जा भुक्तानी आवश्यकताअनुसार समय थप समेत गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

यसैगरी नेपाल बैंकर संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोद्रिक नीति उत्साहजनक आएको बताएका छन् । शाहले  निक्षेपका ग्राहक हुन या कर्जाका अनि निजी क्षेत्रका साथै हामी वित्तीय क्षेत्रलाई समेत वित्तीय स्थायित्व हुने किसिमको नीति आएको छ, यो एकदमै राम्रो रहेको बताए ।

यसैगरी लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैङ्कले अधिकतम सीमा तोकिदिएको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिने नपाउने व्यवस्था गरिएको जानकारी दिए ।यसबाट लघुवित्त कम्पनीहरुले भर्को ब्याज यठाउने गरेको गुनासोलाई राष्ट्र बैङ्कले सुनेको देखिएको छ भनें लघुवित्त संस्थाहरुका सञ्चालकहरुले  असन्तुष्ठि जनाएका समाचार प्राप्त भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति तलको लिंकमा क्लिक गरी पढ्नुहोस् । 

Monetary policy- मौद्रिक नीति-2077-78

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू