शनिबार, बैशाख ४, २०७८
पत्रपत्रिकाबाट प्रमुख समाचार

लद्दाख पुगेर भारतीय रक्षामन्त्रीले भने : विश्वको कुनै शक्तिले भारतको जमिन खोस्न सक्दैन

३ साउन, नयाँदिल्ली  । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको विवादित क्षेत्र लद्दाखस्थित लेह क्षेत्रको भ्रमण गरेका छन् । सुक्रबार  सैनिक उच्च अधिकारीहरुसँगै लुकुङ सैन्य पोस्टमा पुगेर रक्षामन्त्री सिंहले सैनिकहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

जुन १५ मा भारत चिन सिमामा भएकोदुबै देशका सेनाहरुको बिचमा भएको झडप पछि उनले चीनसँग भारतीय पक्षको वार्ता जारी रहेको र सहमति उन्मुख रहेको प्रतिक्रिया दिए । साथै संसारमा कुनै शक्तिले भारतको भूमि खोस्न नसक्ने पनि उनले चेतावनी दिएका थिए ।

रक्षामन्त्री सिंहले भने- ‘भारतको जमिन विश्वको कुनै शक्तिले खोसेर लैजान सक्दैन, भारत कमजोर देश हैन । हामी हाम्रो जमिनको प्रत्येक इन्च रक्षा गर्न कटिवद्ध छौँ ।’ चिनियाँ सैनिकसँग भीडन्तको क्रममा २० भारतीय सैनिक मारिएको एक महिनापछि रक्षामन्त्री सिंह लद्दाख पुगेका हुन् ।

जुन १५ मा गलवान उपत्याकामा चिनियाँ सैनिक र भारतीय सैनिकबीच भीडन्त हुँदा भारत तर्फका २० सैनिकको मृत्यु भएको थियो । यस क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाइ ३ मा भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको लद्दाख भ्रमणको १५ दिन पछि रक्षामन्त्री राजनाथ सिंहको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यसयता भारत-चिन बिच तनाव समाधानका लागि धेरै प्रयास भईरहेका छन् भनें सेनाको हौसला बढाउन भारतका प्रधानमन्त्रीको भ्रमण पछि पुगेका रक्षामन्त्री राजनाथ सिंहले टि-९० ट्याङ्क र लडाकु विमानको अभ्यास अवलोकन गरे । उनले सैनिकले चलाउने मेशिनगन हातमा लिएर अवलोकन गरे ।

पेङ्गोङ् झिलको विवाद सुल्झाउने प्रयासमा भारत र चिन लागे पनि समाधान हुन सकेको छैन । पेङ्गोङ् झिलको फिङ्गर ८ सम्म भारतले आफ्नो क्षेत्र माने पनि चिन फिङ्गर ३ सम्म घुसेको छ । (जी न्यूजबाट)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू