शनिबार, बैशाख ४, २०७८
पत्रपत्रिकाबाट समसामयिक समाचार

जनकपुरमा खानेपानी मन्त्रीको पुत्ला युवाहरुले जलाए

३ साउन, जनकपुर । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा इन्जिनियर सतिश कुमार गोइतको मृत्यु सरकारकै लापरवाहीका कारण भएको भन्दै जनकपुरको भानु चोकमा युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् ।

मृतकको परिवारलाई क्षतिपूर्ती र न्यायका लागि भन्दै शुक्रबार नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा आबद्ध युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी लगाउँदै खानेपानी मन्त्री मगरको पुत्ला जलाएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा २५ वर्षीय इन्जिनियर गोइतको मृत्यु भएको थियो । मेलम्चीको निर्माण कमसल र गुणस्तरहीन भएको कारण ईन्जिनियर सतिशको मृत्यु भएको युवाहरुको भनाइ छ ।

मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २ मध्ये इञ्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो भने चालकको शव अझै बेपत्ता फेला परेको छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू