बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

आज नेकपाको सचिवालय बैठक बस्दै

३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह व्यवस्थापनका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) हिजो शुक्रबार वार्तामा बसे पनि कुनै सहमती हुन सकेन । हिजो स्थायी समितिको बैठक सातौं पटक सारेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)  बार्तामा बसे पनि सहमति नभए पछि आज सचिवालय बैठक बस्दैछ ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ। सहमतिको खोजी गर्दै बालुवाटारमा ओली र प्रचण्डबीच दिनहुँ जस्तो छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन् भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन्। तर, अयोध्याबारे विवादित वयान दिए पछि ओली कमजोर भएको पनि विश्लेषण हुन थालेको छ ।

पछिल्लो समयमा ओलीमाथी पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एउटा कुनै पदबाट राजीनामा दिन आग्रह गर्दा पनि ओलीले इन्कार गरेका छन् । ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन्।

आजको सचिवालय बैठकमा ओलीपक्ष कसरी प्रस्तुत हुन्छ सो आधारमा अर्को पक्षले आगामि दिनमा कडा कदम चाल्ने रणनीति बनाएकाले आजको सचिवालय वैठकलाई महत्वका साथ लिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू