शनिबार, जेष्ठ २९, २०७८
अर्थ र विकास अर्थवाणिज्य प्रमुख समाचार

विश्व बैङ्कसँग ५४ अर्ब रुपियाँको ऋण सम्झौता

४ साउन, काठमाडौं । यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन नेपालले विश्व बैङ्कसँग ५४ अर्ब ऋण सम्झौता गरेको छ । यो नेपालले विश्व बैङ्कसँग लिएको सबैभन्दा ठूलो ऋण सम्झौता हो ।

नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । विश्व बैङ्कले नेपाललाई उपलब्ध गराएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण सम्झौता हो । सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालसमेत हेर्ने देशीय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।

यो आयोजनाअन्तर्गत रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाबाट भारतलगायत छिमेकी मुलुकसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो आयोजनाअन्तर्गत नागढुङ्गा-नौबिसे-मुग्लिङ खण्ड सुधार गर्नुका साथै कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाइने छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू