मङ्लबार, जेष्ठ ४, २०७८
राष्ट्रिय समाचार

नेकपाको विवाद एकता महाधिवेशनको बाटोमा

४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको र त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको बताइएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिइएको जानकारी दिनुभयो । अहिले राष्ट्रको आवश्यकता के हो ? त्यो सम्बोधन हुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । प्रवक्ता श्रेष्ठले यो बैठकले पनि अझै छलफल गर्न दुवै अध्यक्षलाई जिम्मेवारी दिएको कुरा स्पष्ट पार्नुभयो ।

पार्टी एकताको रक्षा गर्ने, सुदृढ गर्ने, नेपाली समाजको आवश्यकता के हो रु त्यसको सम्बोधन गर्न जनताले जनादेश दिएकाले सोही अनुसार नै काम गर्ने र पार्टीमा देखिएको सङ्कट समाधान गर्नेगरी अगाडि बढ्ने सहमति भएको तथा त्यसको निकास अध्यक्षद्वयले दिनेगरी जिम्मेवारी दिइएको बतताइएको छ । पार्टीमा निकास दिनेगरी छलफल जारी छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आइतबार स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । स्रोतका अनुसार यो सचिवालय बैठक मौजुदा समस्या समाधानतर्फ उन्मुख भएको जनाइएको छ ।

सचिवालयको बैठकलगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू