सोमवार, साउन ११, २०७८
धर्मविशेष समाचार

आज साउनको पहिलो सोमबार

५ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार शिवभक्तहरु भगवानशिवको विशेष पूजा आराधना गरी मनाउँदै छन् ।साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।

यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको कारणले शिवालयहरुमा शिवभक्तहरु कम गएका छन् । तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ ।

सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो ।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर यो वर्ष अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू