बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

बाढी पहिरोले सडक पुल भत्किए, धेरै ठाउँमा आवागमनमा असर

चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला विपद ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा मिसिन आइपुग्ने र उच्च जोखिम हुने छ ।

साउन ६, काठमाडौं । ४ दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका धेरै पुलहरुमा क्षति पुगेको छ ।

दर्के झरीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ ।

सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बढेपछि दुर्घटनाको जोखिम भएकोले सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

सोमबार काठमाडौं भित्रिनेर-बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । २-३ दिनमा सडक खुलाउन प्रयास भईरहेको छ । बैरनीदेखि फिस्लिङसम्म मात्रै १० वटा हेभी मेसिन परिचालन गरिएको छ ।

त्यसैगरी  मुग्लिन-नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले पन्छाइरहेपनि पहिरो खस्ने क्रम रोकिएको छैन । विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । बेनी-जोमसोम खण्डको म्याग्दीको गलेश्वरमा रहेको बेलिब्रिज समेत खोलाले बगाउने अवस्था आएको छ ।

बुटवल-तानसेन खण्डको सिद्धबाबामा पनि पहिरो खसेर सडक अवरुद्ध छ । सुर्खेत-जुम्ला सडक पनि केही दिनको पहिरोको अवरोधपछि आइतबारबाट सञ्चालनमा आएको थियो तर, आज विभिन्न ठाउँमा पहिरो खसेपछि सो सडक फेरी बन्द भएको छ ।

त्यसैगरी कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह 

चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला विपद ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा मिसिन आइपुग्ने र उच्च जोखिम हुने छ ।

चीनको न्यालम क्षेत्रमा अत्याधिक बर्षा भईरहेकोले उक्त तात भरिन गई फुट्न सक्ने चीनका समकक्षीका दोभाषेमार्फत जानकारी भएकोले भोटेकोशी गाउँपालिका, बाह्बिसे नगरपालिका, सुनकोशी गाउँपालिका लगायत भोटेकोशी र सुनकोशी नदीमा आसपास रहेकालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू