शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राष्ट्रिय

भोलीदेखि लकडाउन खुल्ने, सवारीसाधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली हट्यो

प्रतिकात्मक तस्विर

साउन ६, काठमाडौं । सरकारले मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेको छ। सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । सार्वजनिक सवारीसाधन चैत ११ देखि नै ठप्प छन् । सरकारले गत असार १ देखि निजी सवारीसाधन सञ्चालन गर्ने र असार २६ देखि सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो ।

यसैबीच सरकारले कोरोना भाइरस (कोभिड- १९)को महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य भएको घोषणा गरेको हो ।

सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य गरिएको जानकारी दिए । सरकारले निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाएको छ । भोज र पार्टी गर्न नपाइनेगरी होटल व्यवसाय साउन १५ गतेदेखि खोल्ने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सरकारी कार्यालयमा दुई सिफ्टको सिस्टम पनि हटाइएको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । शैक्षिक क्षेत्र भने अझै नखोल्ने निर्णय भएको उनले जानकारी दिए । पछिल्लो समय थपिएको लकडाउनको अवधि साउन ७ अर्थात भोलिसम्म कायम थियो ।

एकातिर लकडाउन अन्त्य भएको घोषणा गर्ने अर्कोतिर मुख्य क्षेत्र भदौ लागेपछि मात्र खुला हुने सरकारको निर्णयले द्वैध मान्यता देखाएको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू