बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

पहिरोमा परी २३ जिल्लामा १ सय १४ जनाको मृत्यु, ५० जना बेपत्ता

साउन ७, काठमाडौं । गृह मन्त्रालयका अनुसार पहिरोमा परी २३ जिल्लामा १ सय १४ जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ जिल्लाका ५० जना अझै बेपत्ता छन् ।

सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा, बझाङ, कास्की, जाजरकोट, धादिङलगायत जिल्लामा भएको छ । बझाङको केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा पहिरोमा पुरिएर गत असार १९ गते सात जनाको मृत्यु भएको थियो, एक जना अझै बेपत्ता छन् । पहिरोबाट २१ घरपरिवार विस्थापित भएका थिए। त्यसको पाँच दिनपछि असार २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोसी गाउँपालिकास्थित गुल्कोटे र फुलपिङकट्टीमा पहिरो जाँदा ७ जनाको मृत्यु भयो । २३ जना बेपत्ता छन् । पहिरोले कोदारी राजमार्ग अवरुद्ध छ ।

मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू