मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार मनाेरञ्जन

सोफिया थापाको गीत ‘नो ब्रत प्लिज’ युट्युबबाट हटाइयो

असार ७, काठमाडौं । साँस्कृतिक भावनामा ठेप सुर्याउने भन्दै विवादमा तानिएको गायिका सोफिया थापाको गीत ‘नो ब्रत प्लिज’ युट्युबबाट हटाइएको छ। आइतबार दिउँसो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत बुधबार दिउँसो हटाइएको हो।

गीत सार्वजनिक भएपछि सोफियालाई गीतले सनातन हिन्दु धर्मको मर्म विरुद्ध बोलेको भन्दै हटाउन दबाब आइरहेको थियो। सामाजिक सञ्जालमा सोफियाको गीत राम्रो वा नराम्रो भन्ने भर्को विवाद चलिरहेकै अवस्थामा गीत युट्युब च्यानलबाट हटाइएको हो।

गीतको शब्द सोफिया आफैँले लेखेकी हुन्। यो गीतमा स्वर अनि संगीत पनि सोफियाको नै छ। गीतलाई गोविन्द मधुर आचार्यले एरेञ्ज गरेका हुन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू