बुधबार, असार २, २०७८
प्रमुख समाचार

नेपालमा कुल सङ्क्रमित १८ हजार नाघ्यो

असार ७, काठमाडौं । नेपालमा कोभिड-१९ का एकसयजना नयाँ सङ्क्रमित थपिएसँगै कोभिड-१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड-१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा तीनजना नयाँ सङ्क्रमित थपिएका छन् ।

यस्तै, दुईसय सातजना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४२ पुगेको छ । नेपालमा निको हुने दर ७०.१ प्रतिशत पुगेको छ ।

नेपालमा अहिले पाँचहजार ३६८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ८४२ जना क्वारेन्टिनमा रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू