शनिबार, बैशाख ४, २०७८
Uncategorized प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ४३ पुग्यो

साउन ८ , काठमाडौं । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित भई मर्नेको संख्या ४३ पुगेको छ । वीरगञ्ज-६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

हिजो नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार कोरोनाबाट चिनियाँ महिलाको मृत्यु  

नेपालमा हिजो मात्र कोभिड-१९ बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४८ वर्षीया चिनियाँ महिलाको बुधबार मृत्यु भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू