सोमवार, साउन ११, २०७८
प्रमुख समाचार

भदौ १ गतेदेखि जहाज उडाउने तयारी

साउन ९, काठमाडौँ । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् ।

कोभिड-१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्मचारी तया यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन् । हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू