सोमवार, साउन ११, २०७८
प्रमुख समाचार

एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मद पक्राउ

प्रतिकात्मक चित्र

साउन ९ , काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने व्यक्ति पक्राउ परेका छन् । उनी भारतीय नागरिक मुन्ना मोहम्मद हुन् । उनले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।

साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् ।

आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘हात डढेको देखेपछि उनले नै एसिड हानेको एकिन भयो ।’ अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू