मङ्लबार, जेष्ठ ४, २०७८
अर्थवाणिज्य प्रमुख समाचार

चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण

साउन ९ , काठमाडौं । कोभिड-१९ सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा व्यापक असर परेको विश्व बैङ्कले जनाएको छ । विश्व बैङ्कका अनुसार नेपालको चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने छ ।

बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ जारी गर्दै विश्व बैङ्कले गत आर्थिक वर्ष ०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्र पुगेको जनाएको हो । बैङ्कले चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ । विगत तीन वर्षमा निरन्तर ६।५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा बन्दाबन्दीले गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कको निष्कर्ष छ ।

वेबनारमार्फत आयोजित कार्यक्रममा अर्थ मन्त्री डा। युवराज खतिवडाले सार्वजनिक गर्नुभएको उक्त अपडेट अनुसार मुद्रास्फीति विगत चार वर्ष यताकै बढी अर्थात् ६.४ प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै कृषि क्षेत्रको वृद्धिदर गत आवमा २.६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैङ्कको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू