शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राजनीति

केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको दाबी

साउन ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् ।

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्य स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक देखिए ।

पार्टीले जनतालाई सुशासन दिन्छौं भनेको तर भ्रष्टाचारसँग जोडिएर श्रृङ्खलाबद्ध रूपमा उठेका प्रश्नहरूको निरुपण गर्न कति सफल भयौं वा भएनौं हेर्नुपर्ने उनले बताए ।

पार्टी समस्याहरु सामुहिक छलफलबाट समाधान हुनु पर्नेमा पार्टीको वैठक नै नबसेकोमा उनले असन्तुष्टि जनाए ।

प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएको बताए । भारतले नोभेम्बरमा नेपाली भूभाग समेटेर नक्सा जारी गरेपछि मंसिरमा बसेको स्थायी कमिटी र माघमा बसेको केन्द्रीय कमिटी बैठकले नेपालले पनि नक्सा जारी गर्नुपर्छ भनेको तर सरकारले नक्साभन्दा पनि भूमि नै फिर्ता गर्नुपर्छ भनेको उनले बताए । नक्शा जारी गर्ने होइन भूमि नै फिर्ता ल्याउँछौं भन्दै नक्शा जारी गर्न ढिलाई गर्नेहरुलाई देवत्वकरण गरिएको भन्दै प्रचण्डले असन्तुष्ठि व्यक्त गरे ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू