बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार

सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा प्रदर्शन सुरु

साउन १०, काठमाडौं । रञ्जन कोइरालाको सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोधका स्वरहरु सडकमा देखिन थालेको छ । शुक्रबार फैसलाविरुद्ध प्रदर्शन भएको छ। शुक्रबार राजधानीमा पीडितपक्ष र अधिकारकर्मीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

श्रीमतीको हत्या गर्ने कसुरदारलाई छोडेर न्यायलयले न्यायको उपहास गरेको भन्दै अधिकारकर्मीले अदालतको फैसलाविरुद्ध सडक प्रदर्शन गरेका हुन् । यस्तो फैसालाले न्यायलयप्रतिको आमआस्था र भरोसा धरमराएको चिन्ता नागरिकस्तरबाट व्यक्त भएको छ ।
विरोध प्रदर्शनका क्रममा ‘अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग, फैसला होइन न्याय चाहियो, चोलेन्द्र शम्शेर र तेजबहादुर केसीलाई महाअभियोग लगा, अदालतभित्रको एनजीओ करण बन्द गर’ लगायतका नारा लगाउँदै अधिकारकर्मीले प्रदर्शन गरेका छन्।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन माग गर्दै विहिबार सर्वोच्च अदालतमै निवेदन दर्ता भईसकेको छ ।

पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले सजाय ११ वर्ष घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालय पुनरावलोकन निवेदन दर्ता गरेको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्‍जीवराज रेग्मीले जानकारी दिए।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू