शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राजनीति

नेपाली कांग्रेसबाट गोविन्दराज जोशीसहित तीन नेता निस्काशित

साउन १०, काठमाडौ । नेपाली कांग्रेसको अनुशासन समितिले आज गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।

गएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको अनुशासन समितिले जनाएको छ ।

पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेको छ ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण पछि जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उलंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको अनुशासन समितिले बताएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू