बुधबार, असार २, २०७८
विज्ञान र प्रविधि विश्व

भारतीय प्रविधि उद्योगमा वैदेशिक लगानी बढ्यो

साउन ११, काठमाडौं । अमेरिकाका ठूला प्रविधि कम्पनीहरुले भारतीय प्रविधि उद्योगमा सन् २०२० सुरु भएयता झण्डै १७ अर्ब डलर लगानी गरिसकेका छन् । अमेजनले गत जनवरीमा १ अर्ब डलर भारतमा लगानी गर्ने घोषणा गरेको थियो ।

त्यसपछि गत अप्रिलको अन्त्यतिर फेसबुकले ६ अर्ब भारतमा डलर लगानी गरेको खबर पुरानो नहुँदै गुगलले सबैलाई पछि पार्दै १० अर्ब डलर लगानीको घोषणा गरेको छ ।

सिलिकन भ्यालीका प्रविधि कम्पनीहरुको लगानीका पछिल्ला यी दृष्टान्तहरु भारतीय प्रविधि उद्योगमा पछिल्लो समय भित्रिरहेको लगानीको तरंगका ठूला खबरहरु हुन् । यीसँगै भारतीय प्रविधि उद्योगमा यो वर्ष अहिलेसम्म २० अर्ब डलर लगानी भित्रिइसकेको छ र त्यसमध्ये अधिकांस अमेरिकी कम्पनीहरुकै छ ।

केही महिना अघिसम्म मात्र ती ठूला कम्पनीहरुको भारतीय सरकारी नियामक निकायसँग तिक्ततापूर्ण सम्बन्ध विद्यमान रहेको परिप्रेक्ष्यमा एकाएक भारतीय बजारमा लगानी भित्राउनुलाई निकै नै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि पछिल्लो समयमा परिस्थितिमा ठूलो बदलाव आइसकेको छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई निर्ममतापूर्वक ध्वस्त पार्दैछ र भारतलाई झनै ठूलो धक्का पुर्‍याएको छ ।

चीनसँगको भारतीय कूटनीतिक विवादले प्रविधि क्षेत्रलाई समेत असर पारिरहेको छ । ट्रम्प प्रशासन र चिनियाँ कम्पनीहरुबीच तिक्ततापूर्ण अवस्था रहेको बेला चीनसँगको सम्बन्धका बारेमा भारत र अमेरिकाबीच समानता पैदा भएको छ ।

चीनसँग प्राविधिक सहकार्यको सम्भावना घटिरहेको र चिनिया नयाँ कानूनपश्चात् हङकङ जस्ता क्षेत्रहरुमा समेत आफ्नो विद्यमान बजार संकटमा परिरहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीहरुका लागि भारतीय बजारको महत्व ह्वात्तै बढेको हो । भारतमा ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेका छन् भनें करोडौं जनता अझै इन्टरनेटमा जोडिन बाँकी रहेका छन् ।

चीनसँगको पछिल्लो तनावका कारण अमेरिका र भारतबीचको प्रविधि क्षेत्रको सम्बन्ध मजबुत बनिरहेको छ । यसको फाइदा भारत र अमेरिका दुबै देशलाई हुनेछ । यसबाट अमेरिकाले ठूलो प्रविधिको बजार पाउनेछ भनें भारतमा वैदेशिक लगानी ठूलो मात्रामा भित्रन्छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू