बुधबार, असार २, २०७८
धर्मविशेष प्रमुख समाचार

गोसाइँकुण्ड मेला स्थगित

साउन ११, काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको हो ।

प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ । कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित बनेको सथयो ।

गोर्साईकुण्ड धार्मिकजन र पदयात्रा मनपराउनेहरुका लागि आकर्षको केन्द्रमा रहेको छ । भगवान शिवले समुन्द्र मन्थनबाट निस्केको विष सेवन पछि त्यसको जलन शान्त गर्न त्रिशुल गाडेर पानी निकाली खानु भएको शास्त्रिय मान्यता रहेको छ । गोसाइँकुण्ड क्षेत्र सनातन हिन्दु र बौद्ध धर्मावलम्बिहरुका लागी पवित्र धार्मिक तिर्थस्थल हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू