सोमवार, साउन ११, २०७८
राजनीति समाचार

तीन नेतालाई निष्कासन गरेपछि शेखर कोइराला र मिनेन्द्र रिजाल असन्तुष्ठ

साउन ११, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति पार्टीकै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन् ।

मिनेन्द्र रिजाल, शेखर कोइरालासहितका नेताहरुले कारवाहीप्रति असन्तोष व्यक्त गरेका हुन् । तीन जना नेतालाई पार्टीबाट निष्कासन गरेको घटनाबाट पार्टीले उदार लोकतान्त्रिक चरित्र गुमाउने खतरा बढेको तथा पार्टीका लागि गरेको त्यागको अवमूल्यन भएको उनीहरुले बताएका छन् ।

शेखर कोइरालाले सामाजिक सञ्जालमा कारवाहीप्रति गम्भीर दुःख व्यक्त गरी लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौँ । अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौँ ।’

यस्तै नेता रिजालले ट्वीट गरेर कारवाहीको निर्णयले मन तरंगीत भएको उल्लेख गरेका छन् । रिजालले लेखेका छन्, ‘हिजो पार्टीले कारवाही गर्या साथीहरूको नाम पढेँ, सजाय हेरेँ, आजसम्म मन तरंगीत छ। बीपीहरूले निर्माण गर्नु भएको हाम्रो पार्टीले शनैःशनैः उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो की भन्ने आशंकाले मन झनै गह्रुङ्गो भयो।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू