बुधबार, असार २, २०७८
परोपकार र मानवता समाचार

साउदीमा ज्यान गुमाएका धादिङका लिलाचन्द्र सापकोटाको परिवारलाई आर्थिक सहयोग

साउन १३, काठमाडौँ । रोजगारीको शिलशिलामा साउदीमा ज्यान गुमाएका धादिङका लिलाचन्द्र सापकोटाको परिवारलाई नेपाली बेकरी समाज साउदीको संयोजनमा आर्थिक सहयोग गरिएको छ। समाजको संयोजनमा साउदी स्थित नेपाली एकता समाज र अलमराई कम्पनीका आठ वटा शाखामा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन गरेका हुन् ।

सापकोटाको साउदीस्थित अल्मराई कम्पनी वेस्टन बेकरी अल्खर्ज साईडमा कार्यरत सापकोटाको गत जनवरी २२ मा असामयिक मृत्यु भएको थियो। सोही कम्पनीमा कार्यरत नेपालीहरुले सापकोटाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्।

मानवीय भावना र सेवा भावले सापकोेटाको अल्कपनिय निधनले दुःखी भएका साथीहरुले सा-साना छोराछोरी र उनका परिवारलाई सान्तवना दिन आर्थिक संकलन गरी साउदी रियल ३८ हजार ४ सय १९ (नेपाली रु १२ लाख २० हजार) रकम पठाईएको छ । संकलित रकम छोराछोरीको स्वास्थ्य उपचार र पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यका साथ ३ जना बच्चाकै नाममा बैंक खाता सञ्चालन गराएर फिक्स डिपोजिट गराएको साउदीबाट बेकरी टिमका सक्रिया सदस्य मिलन तामाङ जानकारी दिए ।

धादिङ जिल्ला स्थित नेत्रवती गाउँपालिका वडा नं. ३ का लिला सापकोटा विगत ६ वर्ष अघिदेखि त्यस कम्पनीमा कार्यरत थिए । उनका श्रीमति सीता सापकोटाका अनुसार लिलाको रक्तचाप उच्च थियो । झण्डै १२ वर्ष अघिदेखि कमाएर परिवार पाल्ने आशा बोकेर साउदीमा पुगेका आफ्ना श्रीमान गुमाउनु परेको पीडाले दिनरात सताईरहेकी भाव विह्वल भई सुनाईन् । अल्मराई कम्पनीमा कार्यरत बेकरी नेपाली कमिटिले मृतक परिवारलाई दुःखको घाउमा मलमपट्टि लगाउने काम गर्दै सापकोटाको मृत आत्माको शान्तिको कामना तथा शोकाकुल परिवारजनमा शान्ति र धैर्यधारणा समेत व्यक्त गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू