बुधबार, असार २, २०७८
प्रमुख समाचार विश्व स्वास्थ्य

कोरोना भाइरस महामारी, गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ

साउन १३, काठमाडौं । कोरोना भाइरसको महामारी विश्वले सामना गरेको सबैभन्दा गम्भीर स्वाथ्य आपतकाल रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन् ।

डब्लुएचओका महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड-१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताएका हुन् ।

डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकस्मिक बैठक बस्दैछ ।

विश्व स्वास्थ्य संगठनले यसअघि इबोला (दुई पटकको महामारी), जिका, पोलिओ र स्वाइन फ्लू का बेला विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६३ लाख ९६ हजार भन्दा बढी पुगेको छ । यस्तै कोभिड-१९ बाट अहिलेसम्म विश्वभर ६ लाख ५१ हजार ९ सय भन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू