बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार स्वास्थ्य

वीरगञ्जमा दुई जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

साउन १३, काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा सोमबार गरिएका परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित १५ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डा। निरज सिंहले सोमबार गरिएका परीक्षणको राति अबेर आएको रिर्पोटअनुसार दुई जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि गर्नुभयो ।

नयाँ सङ्क्रमितहरूमा २३ वर्षदेखि ५६ वर्ष उमेर समूहका १४ जना पुरुष र एक जना महिला रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि हुनेमा दुइ स्वास्थ्यकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङमा परेका तथा स्वेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका रहेको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिनुभयो ।

नयाँ फेला परेकामध्ये दुइ जना चिकित्सकसहित अधिकांश सङ्क्रमित वीरगञ्जका रहेका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको बताइएको छ । वीरगञ्ज-११ श्रीपुरका एक २६ वर्षीय चिकित्सक र वीरगञ्ज-४ बिर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वीरगञ्ज-११ श्रीपुरका २६ वर्षीय चिकित्सक आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका थिए भने वीरगञ्ज-४ बिर्ता बस्ने नारायणी अस्पतालमा कार्यरत अर्का ४० वर्षीय चिकित्सक पाँच दिनदेखि ज्वरो आएर बिरामी भएर स्बाव परीक्षण गराएका थिए । नारायणी अस्पतालमै कार्यरत एक ३१ वर्षीय कर्मचारीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू