साउन १३, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा खटिएका सेनाको कुटाइपछि निधन भएका राप्ती नगरपालिका-२ पिप्ले मिलनटोलका राजकुमार चेपाङको सोमबार पोस्टमार्टम भए पछि रिपोर्ट नआएको भन्दै शव नबुझि परिवार फर्किएको छ ।
सोमबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि प्रतिवेदन नआएको भन्दै आफन्तहरू शव नबुझी चितवन फर्किएका हुन् ।
निकुञ्जको सीमाभित्र पर्ने ज्युँडी खोलामा घोंगी टिप्दै गरेका बेला साउन १ मा राजकुमारसहित मिलनटोलका ७ जनालाई सेनाले पक्राउ गरी कुटपिट गरेको थियो । त्यसको एक सातापछि गत बुधबार राजकुमारको मृत्यु भएको थियो।
शनिबार राति तत्कालका लागि किरिया खर्चबापत एक लाख रुपैयाँ दिने र अन्य विषय व्यवस्थापन गर्दै जाने सहमति भएपछि पोस्टमार्टम गर्न परिवार तयार भएका थिए।
Add Comment